०३ चैत्र, काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।
आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।
आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।
मा प्रकाशित