काठमाण्डौ । सिमेन्ट उद्योगीहरुले वन नियमावलीका केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग सङ्कटमा परेको भन्दै त्यसको संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष धूर्वराज थापा नेत्ृत्वको उद्योगी व्यवसायीहरुको टोलीले बुधवार वन मन्त्री प्रदपि यादवसंग भेट गरी वन नियमावलीका प्रावधानहरु संसोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने अवस्था रहेकाले त्यसतो प्रावधानलाई संसोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई सङ्कटबाट बाहिर निकाल्न आग्रह गरेको छ ।
उद्योगी व्यवसायीहरुसंगको भेटमा वन तथा वातावरणमन्त्री प्रदीप यादवले उद्योगीहरुले उठाएका मागलाई नियमावली संसोधन गरेर भएपनि सम्बोधन गर्ने आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
भेटमा वन तथा वातावरणमन्त्री प्रदीप यादवले सिमेन्ट उद्योगले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउदै आएकोले नियमावली संसोधन गरेर भएपनि सिमेन्ट उद्योगका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री यादवले नियमावलीमा रहेका बाधा व्यवधानहरुलाई आवश्यक शंसोधन गर्र्न विज्ञहरुको एउटा टोली गठन गर्न निर्देशनसमेत दिनु भएको छ ।
टोलीले सात दिन भित्र उद्योगी,व्यवसायी र त्यस क्षेत्रका प्राविधिक जानकारहरुसँग छलफल गरी आवश्यक अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनको आधारमा नियमावलीका प्रावधानहरु सच्च्याएर उद्योगीहरुको जायज मागलाई पूरा गरिने पनि मन्त्री यादवले बताउनु भयो ।
उद्योगीहरुले वन नियमावलीमा बढाइएको चुनढुङ्गाको रोयल्टी रकम संसोधन गर्न, वातावरण शूल्क लाग्ने व्यवस्था हटाउनलगायतका माग गरेका छन् ।