काठमाण्डौ । कोरियाको प्रख्यात सामसड. टिभि अर्को वर्षदेखि नेपालमै उत्पादन हुने भएको छ ।
कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नेपालमा टीभी उत्पादन हुने भएको हो ।
दुई कम्पनीले बुधबार नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभी निर्माण कारखानाको शिलान्यास भएको छ ।
नवलपरासीमा आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले फ्याक्ट्रीको शिलान्यास गर्नु भयो ।
कारखानाको शिलान्यास कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुले सामसड. कम्पनीको उद्योगको शिलान्यास हुनु नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण सन्देश भएको बताउनु भयो ।
सरकारले नेपालमा लगानीको वातावरण निर्माणको लागि आवश्यक सबै तयारी गसिकेको उल्ल्ेख गर्दै मन्त्री बडुले नेपाल विदेशी लगानीको आर्कषक गन्तव्य भएको बताउनु भयो ।
करखाना सन् २०२३ मै सञ्चालनमा ल्याउन लागिएको र कुल ५० करोड लगानी हुने नेपाली साझेदार एवम् गोल्छा अर्गनाइजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भयो ।
फ्याक्ट्रीको क्षमता दैनिक एक हजार टिभी उत्पादन गर्ने हुनेछ । नेपाली फ्याक्ट्रीमा ८५ इन्चसम्मका टिभी र त्यसको प्यानल समेत उत्पादन हुनेछ । सामसङ दक्षिण कोरियाको प्रविधिकको सुपरभिजनमा सञ्चालनमा आउने फ्याक्ट्रीमा ३ सय देखि ५ सय महिलाले रोजगारी पाउने अध्यक्ष गोल्छाले बताउनु भयो ।
मा प्रकाशित