जुम्लामा करिब ५० करोड स्याउ निर्यात मार्फत आम्दानी

आर्थिक परिवेश

काठमाडौं । कर्णालीको स्याउ सुपरजोन भनेर चिनिएको जुम्लामा यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन भएको छ ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।

धेरै किसानले स्याउ टिपेर बिक्री मार्फत राम्रै आम्दानी गरिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ । त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड आम्दानी भएको छ अधिकारीले भन्नु भयो ।
स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई जिम्मा दिइएको छ । त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्नेछ ।
जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु४० र ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपैया भन्दा बढि मुल्यमा बिक्री भइरहेको छ ।

मा प्रकाशित