काठमाडौं । चालु आर्थिक बर्षको प्रथम चौमास सकिंदा मंसीर १ गते साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको कारोवार सूचक दोहोरो अंकले वढेको भएको छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार बजारको रकम पनि बढेको छ ।
बिहीबार नेप्से २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा पुगेको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।
बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार रुपैयामा बराबरको कारोबार भएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको आर्थिक सूचकहरु सकारात्मक देखिंदा लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ ।
जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ ।
बिहीबार नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार भयो भने शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ ।
हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ ।
बजारमा कुल १८७ कम्पनीहरुको सेयर कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
जमसध्ये सिक्लेस हाइड्रोपावर सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ ।
यता खराब वित्तीय विवरणले फर्वाड कम्युनीटि लघुवित्तको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ । त्यसै गरी इमर्जीङ नेपालको सेयरमूल्य १.८७ प्रतिशत र तारगाउँ रिजेन्सी होटेलको सेयरमूल्यमा १.६९ प्रतिशतले घटेको छ ।
मा प्रकाशित