काठमाडौँ महानगरपालिकाले चैतसम्ममा ६२ दशमलव ३३ प्रतिशत राजस्व स‌कलन

आर्थिक परिवेश

१६ वैशाख, काठमाडौ‌।  काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा ६ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।
उक्त रकम लक्ष्यको हो । गत आवको चैतसम्ममा पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनु भयो ।
गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड ४४ लाख ६५ हजार रुपैया बढि राजस्व संकलन भएको हो ।
कामपाले चालू आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने रु नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।

 

मा प्रकाशित