
२३ जेठ,काठमाण्डौ । शेयर बजार र लगानी सम्बन्धि भोगाइ र कल्पनका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नु भएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ ।
मंगलवार काठमाण्डौमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आर्थिक पत्रकारहरुले सामुहिक रुपमा पुस्तकको विमोचन गर्नु भएको छ ।
लामो समय नेपालमा पत्रकारिता गरेका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनु भएको छ ।
नेपालमा छँदा शेयर बजार, बित्त र बैंकिङ सम्बन्धि रिपोर्टिङ गरेका साप्कोटाले अहिले अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्नु हुन्छ ।
२६० पुष्ठ लामो उपन्यासमा उहाँले सेयर बजारमा गरिने लगानी, प्रबृत्ति, नाफा÷घाटा, लगानी पछि लगानीकर्ताको मनोविज्ञानका विषयलाई कथानक रुपले पुस्तकमा चर्चा गर्नु भएको छ ।
पुस्तकको ५०० रुपैयाँ मूल्य तोकिएको र पुस्तकले नेपाली नयाँ पुस्तालाई र विश्वव्यापी शेयर बजारको प्रवृतिका वारेमा जानकारी प्रदान गर्ने बताउनु भयो ।
पुस्तकको सेजनका पूर्व अध्यक्ष तथा बिजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारी,कारोवार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली तथा रेडियो नेपालका आर्थिक समाचार संयाेजक भुवनप्रसाद आचार्य लगायतका आर्थिक पत्रकारहरुले सार्वजनिक गर्नु भएको हो ।
मा प्रकाशित