शेयर बजारमा चार महिना यताकै सर्वाधिक कारोबार

आर्थिक परिवेश

२८ जेठ, काठमाडौं।  आइतबार शेयर बजारमा ४२.२४ अंकको उतारचढाव आउँदा चार महिना यताकै सर्वाधिक कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।

पहिलो शत्रबाटै शेयर बजार उत्साहजनक रुपमा बढ्न थालेपछि कारोबार ह्वात्तै बढेको हो। सूचक ४०.४८ अंक उक्लिएको छ। आइतबार विगत तीन महिना यताको उच्च विन्दु कायम भएकाे छ ।

यस  दिन  नागरिक लगानी कोषको मात्रै ११ करोड ४७ लाखको शेयरहरूकाे कारोबार भयो। मूल्य १८८.५ रुपैयाँ बढेको छ। यस दिन शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको हो ।

बजार २ प्रतिशत बढ्दा फाइनान्स समूह सबैभन्दा बढी उक्लियो। फाइनान्स ५.७२ प्रतिशत र लगानी समूह ५.११ प्रतिशत बढे। रिलायन्स र गुहेश्वरी फाइनान्स ८ प्रतिशतभन्दा बढी उक्लिए। रिलायन्सले गत आबको लागि लाभांश पनि प्रस्ताव गरेको छ। यस दिन विभिन्न २१२ वटा स्टकको मूल्य बढेको छ।

 

मा प्रकाशित