नयाँ आर्थिक वर्ष सुरु भएकै दिन शेयर बजारकाे परिसूचकमा उच्च वृद्धि

आर्थिक परिवेश

०१ साउन, काठमाडौं ।  नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो ।

यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमवार १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

यस दिन कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयरहरु दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय रुपैयामा कारोबार भएको छ ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो ।
नेप्सेका अनुसार कारोबारका आधारमा   साेमवार शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेकाे छ ।

मा प्रकाशित