१३ साउन, काठमाडौं । यो साताको पहिलो कारोबार दिन(आइतबार) बजार ६३.२४ अंकले बढेर २२२७.१६ बिन्दुमा पुगको नेप्से परिसूचक ४ कारोबार दिन ओरालो लाग्दा २१२६.४८ बिन्दुमा झरेको छ ।
साउन ७ गते सार्वजनिक भएको मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घटाइने बताइएको थियो ।
त्यसपछि निरन्तर चार कारोबार दिन बजार घटेर२१२६.४८बिन्दुमा झरेको छ ।
गत साताको अन्तिम कारोबार दिन २१६३.९२ बिन्दुमा रहेको नेप्से यो साता १.६५ प्रतिशत अर्थात् ३७.४३ अंकले घटेर २१२६.४८ बिन्दुमा अडिएको छ ।
गत साताको तुलनामा यो साता परिसूचक घटे पनि कारोबार रकम बढेको छ ।
गत साता बजारमा १४ अर्ब ४७ करोडको कारोबार भएकोमा यो साता बढेर १६ अर्ब ३६ करोड पुगेको छ । यो साता नेप्सेको कूल बजार पुँजीकरण ३१ खर्ब २४ अर्ब छ ।
मा प्रकाशित