लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजार उच्च अङ्कले बढ्याे

आर्थिक परिवेश

२४ साउन,काठमाडाैं ।  यो साता लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्जको ( परिसूचकमा चौथो दिन भने उच्च अङ्कले वृद्धि भएको छ ।
बुधवार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।
बुधवार दुई सय ६५ कम्पनीहरुका ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक किनबेच हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार बराबरको कारोबार भएको छ ।
यस दिन म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अङ्कले बढेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा यस दिन सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्सको कारोवार भएको छ ।

मा प्रकाशित