२ असाेज, काठमाडाैं । नेपाली शेयर बजारको कारोवार सूचक मंगलवार दोहोरो अङ्कले बढेको छ । मंगवारको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको छ ।
यस दिन विभिन्न दुई सय ७२ कम्पनीहरुका ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयरहरु एक अर्ब १७ करोड ६६ लाख ८० हजार मुल्यमा किनबेच भएका छन् ।
मंगलवार होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।यस दिन सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।