०२ पुष, काठमाडौं । नेपाली धितोपत्र बजारमा शेयर सोमवार कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
यस दिन बजारको कारोवार रकम पनि उच्च दरले बढेको छ ।
यस दिन कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्य घटेको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
सोमवार कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयरहरु छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार मूल्यमा किनब्ेच भएका छन् ।
यो विगत एक बर्ष यताकै काराेवार भएको उच्च रकम हो । यस दिन कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।
मा प्रकाशित