शेयर बजारमा उच्च अंककाे गिरावट

आर्थिक परिवेश

 फागुन १३ , काठमाडाैं ।   साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ ।

परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको छ ।

गत मङ्सिर अन्तिम साताको कारोबारयता आइतवार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो ।

यस दिन विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार कित्ता शेयरहरु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयामा किनबेच भएका छन् ।

आइतवार वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन् ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ ।

मा प्रकाशित