सुनकाे मुुल्य ताेलामा एक हजार तीन सय रूपैयाले घट्याे

आर्थिक परिवेश

 २३ चैत्र, काठमाडौँ।  स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य शुक्रवार  प्रतितोला  एक हजार तीन सय रूपैयाले ओरालो लागेको छ ।

केही समय देखि लगातार बढने क्रममा रहेकाे सुनको मूल्यमा शुक्रवार भने घटेर काराेवार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन  छाप भएकाे सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयामा काराेवार भएकाे छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला  एक लाख ३३ हजार तीन सय ५० रूपैयामा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ ।

बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।

मा प्रकाशित