साताकाे पहिलाे दिन शेयर बजारमा सामान्य सुधार

आर्थिक परिवेश

०२ बैशाख, काठमाडौं। नयाँ बर्षकाे पहिलाे काराेवार दिन आइतवार  नेपाली बजारकाे कारोबार मापक नेप्से परिसूचक  झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले घटेर दुई हजार २३ दशमलव ३५ मा अंकमा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ ।

आइतवार विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयरहरू  तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय मूल्यमा किनबेच भएका छन् ।

यस दिन कारोबार भएका मध्ये  एक सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने एक सय आठ कम्पनीहरूको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार सृजनशील लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

साथै एनआइसी एसिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५, राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ ।

आइतवारको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस दिन  हिमालयन बैङ्कको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य  तीन दशमलव ९१ प्रतिशतले घटेको छ ।

मा प्रकाशित