सुनका मुल्य प्रतिताेला दुई हजार सात सयले घट्याे

आर्थिक परिवेश

११ बैशाख, काठमाडौं  ।   नेपाली बजारमा  मंगलवार  सुनकाे मूल्य उच्च रकमले गिरावट भएको छ ।

यस दिन  छाप भएकाे सुन प्रति तोला दुई हजार सात सयले घटेकाे हाे  ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रूपैयामा कारोबार भएको छाप भएकाे सुन मंगलवारका  लागि प्रतितााेला  एक लाख ३५ हजार पाँच सय रूपैयामा काराेवार भएकाे छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा मंगलवार एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।

मंगलवार चाँदीको मूल्य  तोलामा  ४५ रूपैयाले  घटेकाे छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रूपैयामा कारोबार भएको चाँदी मंगलवारका लागि भने एक हजार छ सय ६० रूपैयामा  काराेवार भएकाे छ ।

मा प्रकाशित