३१ बैशाख, काठमाडौ । सोमबार नेपाली सेयर बजारको परिसूचक नेप्से २४.३९ अंकले बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक १९९८.८९ अंकमा कायम भएको छ ।
नेप्सेसँगै यस दनि बजारको कारोवार रकम पनि बढेको छ ।
अघिल्लो दिन ३ अर्ब १५ करोडको कारोबार भएकोमा बजारमा सोमवार ३ अर्ब ४० करोड रुपैया बराबरको कारोवार भएको छ ।
यस दिन १४८ कम्पनीहरुको शेयरमूल्य बढ्दा ८५ कम्पनीहरुको घट्यो भने ११ को स्थिर रह्यो ।
सोमबार नै अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका कारण पनि बजार बढ्नमा टेवा पुग्यो ।
यस दिन बजारलाई बैंकिङ समूहले नै बढाउन मद्धत गरेको देखिएको छ । यस दिन बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ३.२ प्रतिशतले बढेको छ भने लगानी समूह २ प्रतिशत बढेको छ ।
यस दिन पाँच कम्पनीको कारोवार मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त,माण्डु हाइड्रोपावर,सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढेको छ ।
मा प्रकाशित