१९ जेठ, काठमाडौं । काठमाण्डौको हाडिगाँउमा शनिवार ४ सय जनाले निशुल्क आँखा जाँच गराएका छन् ।
हाँडिगाउस्थित कैलाशकुट सामाजिक अभियानद्धारा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौ महानगरपालिका वडा नम्वर ५ को कार्यालय परिसरमा संचालित आँखा शिविरमा बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म करिव ४ सय जना स्थानीयले निशुल्क आँखा उपचार सेवा प्राप्त गरेका छन् ।
आँखा शिविरमा तिलगंगा आँखा अस्पतालका डा विरेन्द्र महत नेतृत्वको ५ सदस्यीय चिकित्सक टोली परिचालन भएको थियो ।
शिविरमा अाँखा परीक्षण पछि चस्मा र औषधी निशुल्क रुपमा वितरण गरिएको र कतिपय विरामीलाई थप उपचारको लागि तिलगंगा आखाँ अस्पतालमा आउन परामर्श प्रदान गरिएको अभियानका सचिव गणेशबहादुर पाण्डेले बताउनु भयो ।
अभियानले यस अघि पनि विभिन्न विद्याका चिकित्सकहरुलाई आमन्त्रण गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर संचालन गरी उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।
मा प्रकाशित