२० जेठ, काठमाडौं । शेयर बजारको कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ ।
सरकारले संसदमा बजेट प्रततु गरे यता निरन्तर घटदै आएको नेप्से परिसूचक यस दिन १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको छ ।
आइतवार तीन सय २५ कम्पनीहरुको ९६ लाख ९७ हजार कित्ता शेयरह चार अर्ब ३१ करोड १० लाख १५ हजार मुल्यमा किनबेच भएका छन् ।
यस दिन लगानी समूह उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको कारोवार घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
मा प्रकाशित