सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँले बढ्याे

आर्थिक परिवेश

०७ असार काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छाप भएकाे  सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएकाे सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मा प्रकाशित