नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायाे

आर्थिक परिवेश

 १६ साउन, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। बुधवार राती १२ बजेदेखि लागू हुने गरी मुलय समायाेजन गरेकाे  नेपाल अायल निगमले जनाएकाे छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।

निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ भएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

मा प्रकाशित