सडक दुर्घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण 

आर्थिक परिवेश

 ३० भदौ,काठमाडौं  । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता  नागरिक अगुवाहरूले  निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदनराष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन  अधिकार सम्पन्न सडक सुरक्षा परिषदको यथाशिघ्र गठन लगायतका देशको सडक सुरक्षाको दीगो समाधानका  केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन्।

गत असार २८ गते नारायणगढ़मुग्लिङ्ग सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ। त्रिशुली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन्।

 देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था विग्रेका कारण यातायात अवरूद्ध भएकादुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा अभियन्ताहरूले उद्धार  खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन प्रधानमन्त्रीलाई सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले  आग्रह गरेका छन्

सडक सुरक्षाको स्थिति  समस्या

विगत १० वर्षको अवधिमा मात्रैप्रहरी तथ्यांकअनुसारकरिब २४,००० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका  करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका ज्ञापनपत्रमा उल्लेख छ ।

 स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै एकै वर्षमा करिब एक लाख जना सडक दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आउने भयानक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। 

नेपालमा फुटकर हताहती गराउने खालका सडक दुर्घटनाका घटना धेरैको ध्यानाकर्षण नै नहुने अवस्थामा छ।

 तर धेरै मानिसको मृत्यु वा घाइते भएका कारण चर्चित भएको नारायणगढ़मुग्लिङ्ग सडक खण्डमा यात्रुसहित त्रिशुलीमा खसेर बेपत्ता भएको घटनालाई नेपालको सडक यातायात इतिहासमा कालो दिनको रूपमा सम्झिइरहने स्मरण गराइएको  

ज्ञापनपत्रमा विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले नेपालमा एकै वर्षमा करिब ,५०० जनाको सडक दुर्घटनाका कारण ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको भन्दै यसरी हजारौं प्रत्यक्ष प्रभावितका परिवार  आफन्त गरी लाखौं मानिसहरू सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्थातर्फ पनि ध्यानाकर्षण गराइएको  

 विश्व बैंकको अध्ययन अनुसार नेपालमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जी.डि.पी.) को करिब  प्रतिशत बराबरको वार्षिक क्षति भएको उल्लेख गर्दै यसको आर्थिक पक्षलाई पनि स्मरण गराएका छन्।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एशियाली क्षेत्रीय कार्यालयद्वारा गत हप्ता मात्रै सार्वजनिक गरिएको यस क्षेत्रका राष्ट्रहरुमा सडक सुरक्षाको स्थितिसम्बन्धी  प्रतिवेदनले नेपालमा सडक यातायातसडक दुर्घटना  सडक सुरक्षामा सुधारका सूचकहरुको दयनीय अवस्था उजागर गरेको   

उक्त कार्यालयको WHO South-East Asia Regional status report on road safe (2024) नामक क्षेत्रीय प्रतिवेदनले सडक सुरक्षाका विश्वव्यापी १२  सूचकहरू (ग्लोबल रोड सेफ्टी परफरमेन्स टार्गेट्सको क्षेत्रीय तुलनामा नेपालको प्रगति सबै देशमध्ये निराशाजनक रहेको देखाएको  

 उक्त प्रतिवेदनअनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा सडक दुर्घटनाबाट मृत्युको दर २८ भन्दा पनि बढी आँकलन गरेको जुन विश्वमै उच्च मृत्युदर हो 

 भारतलगायत छिमेकी देशहरुले सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत दश वर्षमा मृत्यु दर  २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले देखाएको  

समस्याका प्रमुख बुँदाहरू

सडक सुरक्षामा कमीप्रहरी तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा करिब २४,००० जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका छन्। फरक तथ्यांक अनुसार एकै वर्षमा ,५०० मृत्यु   एक लाख जना घाइते हुने अवस्था रहेको 
बालबालिका  दुर्घटनासडक दुर्घटनामा हुने समग्र हताहतीको १०संख्या १५ वर्ष मुनिका बालबालिकाको रहेको जसमा धेरैजसो यात्रु वा पैदलयात्री हुन्छन्। बालबालिकाहरूले मोटरसाइकल वा स्कुटरमा असुरक्षित तरिकाले यात्रा गर्ने बाध्यता रहेको 
आर्थिक भारसडक दुर्घटनाका कारण जी.डि.पीको करिब बराबरको वार्षिक क्षति भई गरीबी न्यूनीकरणमा अवरोध भइरहेको  
यातायात सुरक्षा ऐन कार्यान्वयनमा अवरोधसडक सुरक्षा ऐन (२०७३ वर्षअघिदेखि मस्यौदाको रूपमा अलपत्र परेको छ।
ट्राफिक प्रहरीको अभावकेही शहरी क्षेत्रबाहेक देशैभरिका सडकहरूमा ट्राफिक प्रहरीको उपस्थिति नभएका कारण सडक नियम पालनामा समानता  कडाई गर्न समस्या भइरहेको छ।सडक सुरक्षा अभियानकर्ताहरूले दुर्घटना रोकथाम  सुरक्षा सुधारका लागि द्रुत  प्रभावकारी उपायहरू अवलम्बन गरेर सडक दुर्घटना कम गरेर देशको सडक यातायात सुरक्षित भएको प्रत्याभूति गर्न सकेमा नेपालमा पर्यटकहरूको थप आकर्षण भई देशको आर्थिक प्रगतिलाई विशेष टेवा पुग्ने  समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन बल पुग्ने  तर्क पनि गरेका छन्।

मा प्रकाशित