बिहिवार नेप्से परिसूचक दाेहाेराे अंकले घट्याे

आर्थिक परिवेश

 ०८ कार्तिक,   काठमाडौँ ।    नेपाली   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार दाेहाेराे अंकले ओरालो लागेको छ ।

यस दिन  नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ अंकमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।

यस दिन कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर  पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार  मूल्यमा किनबेच भएको छ ।

यस दिन नेपाल एसबिआई बैङ्क नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।

रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैङ्क चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।

मा प्रकाशित