१५ मंसिर टोखा,काठमाण्डौ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिका भित्रका सबै अपाङ्गगता भएका नागरिकहरुको तथ्याडंक संकलन गरी उनीहरुलाई सहायक सामग्री वितरण गरिने बताउनुभएको छ ।
३३ औं विश्व अपाङ्गगता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले अविलिज फाउण्डेशन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी, शिप तथा
मुल्याडंकन सम्बन्धी क्षमता विकास तालिम कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले स्वीकृती दिएर बनाउने जुन सुकै भवनका संरचनाहरु अपाङ्गता मैत्री हुने गरी निर्माण गर्नु पर्ने निर्णय गरिएको बताउनु भयो ।
उहाँले नगरपालिका भित्र मेयर दिवाखाजा कार्यक्रम संचालन गरे पछि सार्वजनिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या ५ हजारले बढेको उल्लेख गर्नु भयो ।
उहाँले नगरभित्रका ६० बर्ष भन्दा बढि उमेर भएका नागकिहरुका लागि संचालन गरेको स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै नागरिक लाभान्वित भएको समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा अविलिज फाउण्डेशन नेपालका अध्यक्ष डा विरेन्द्रराज पोखरेलले विश्वभर हाल रहेको अपाङ्गता सम्बन्धी धारणा उनीहरुले गरिरहेका स्वावलम्नका कामहरु त्था नेपालमा गर्न सकिने कामका वारेमा सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
कार्र्यक्रमा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालका अधयक्ष रामप्रसाद ढुडंगाना, शारिरीक अपाङ्गता महासंघका अध्यक्ष बालकृष्ण गैह्रे तथा स्वावलम्बन जीवन पद्धती ललितपुरका महासचिव कृष्ण गौतम लगायतका अपाङ्गताक्षेत्रका जानकारहरुले सहभागिहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
तालिममा नगर क्षेत्रभित्रका करिव ४० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र नेपालले जनाएको छ ।
मा प्रकाशित