४ बर्ष अघिकाे बिन्दुमा पुग्याे नेप्से परिसूचक

आर्थिक परिवेश

१३ साउन, काठमाडौं ।   मंगलबार नेपाली शेयर बजारकाे परिसूचक  करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा म‌गलवार नेप्से परिसूचक ३०.७६ अंकले बढेको छ ।

सो वृद्धिसँगै नेप्से परिसूचक ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १२ : १६ बजे नेप्से ३०२८ अंकसम्ममा  पुगेको थियो ।

बजार बन्द हुँदा नेप्सेको अंक २०७८ भदौ १३ यताकै उच्च हो ।  त्यस वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाए पछि नेप्से क्मश ओरालो लागेको थियाे ।

आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो ।

कारोबार रकम भने गत साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको बनेको छ ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् ।

केही दिनयता १० प्रतिशत मूल्य बढिरहेको नयाँ कम्पनी ट्रेड टावर प्रतिकित्ता ८६२.७० रुपैयाँ पुगेको छ भने सान्भी ७६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल वेयर हाउजिङको ८.०६, मायाखोलाको ७.२१ तथा ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढ्यो ।

समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशत घट्यो । अन्य मूल्य घटेका कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि रह्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् ।

 

मा प्रकाशित