१५ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ ।
आइतवार ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ रुपैया बराबरको कारोबार भएको छ ।
आइतवार सबै समूहका उपसूचकहरु घटेका छन् । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।