
१३ पुष, काठमाण्डौ । नेपाली शेयर बजारमा आइतवार उच्च अंकको सुधार भएको छ ।
आइतवार नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको छ ।
यस दिन विभिन्न ३२८ कम्पनीहरुका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयरहरु पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयामा किनबेच भएका छन् ।
कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर कारोवरको अन्तिममा २६३३.४२ अंकमा पुगेको हो ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार भएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो ।
आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
मा प्रकाशित