
२८ पुष, काठमाण्डौ । साताको पहिलो कारोवार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ ।
यस दिन नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ ।
सोमवार नेप्से परिसूचक घटे पनि बजारको कारोवार रकम भने उच्च अंकले बढेको छ । सोमवार बजारमा ३३३ कम्पनीहरुका को एक करोड २३ लाख १० हजार कित्ता शेयरहरु छ अर्ब ४७ करोड २६ लाख ८ हजार रुपैयामा किनबेच भएका छन् ।
सोमवार बजारमा विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्डका उपसूचकहरु सामान्य बढेका छन भने अरु सबै समूहका उपसूचकहरु घटेका छन् ।
यस दिन दुई कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मा प्रकाशित