
१० फागुन, काठमाण्डौ । साताको पहिलो कारोवार दिन आइतवार नेपाली शेयर बजारको परिसूचक (नेप्से) उच्च अङ्कले घटेको छ ।
यस दिन परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।
आइतवार शेयर बजारमा ३२४ कम्पनीहरुका १ एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयरहरु ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयामा किनबेच भएका छन ।
यस दिन सबै समूहका उपसूचकहरु रातै भएका छन् ।
सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ भने कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
मा प्रकाशित