नेप्से परिसूचक ३८.१९ अंकले बढ्याे

आर्थिक परिवेश

२८ बैशाख, काठमाण्डौ ।   साताको पहिलो कारोवार दिन सोमवार नेपाली शेयर बजारको कारोवारमा सुधार भएको छ ।

सोमबार सेयर बजारका सबै सूचकहरुको बढेर कारोवार भएको छ । यस दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ ।

सोमवार बजारमा कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समातेको थियो । यसअघि शुक्रबार पनि बजारको परिसूचक २७ अंकले बढेको थियो ।

सोमवार बजारको कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएको शेयर बजारमा सोमवार भने १ अर्ब ३३ करोडले बढेर ४ अर्ब ६१ करोडको कारोवार भएको छ ।

यस दिन बजारमा २४७ कम्पनीहरुको मूल्य बढेको छ भने १८ कम्पनीहरुको मुल्य घटेको छ । यस दिन बजारमा सबै समूहका सूचकहरु बढेका छन् ।

 

मा प्रकाशित