
०२ भदौ, काठमाण्डौ । मंगलवार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
यस दिन नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा झरेको छ ।
मंगलवार विभिन्न कम्पनीहरुका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयरहरु ५ अर्ब ७ करोड ३५ लाख मूल्यमा किनबेच भएका छन् ।
यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ ।
मंगलवार ५६ कम्पनीको सेयर मूल्य बढ्यो भने २१८ कम्पनीको सेयर घटेको छ ।
मा प्रकाशित