मुख्य विदेशी मुद्राकाे मुल्य घटदा शनिवार अमेरिकी डलरकाे मुल्य बढ्याे

आर्थिक परिवेश

२८ कार्तिक, काठमाण्डाै ।  अन्य मुख्य विदेशी मुद्राकाे मुल्य घटदा शनिवार अमेरिकी डलरकाे मुल्य भने बढेकाे  छ  ।

नेपाल राष्ट्र बैंकले शनिवार कात्तिक २८ गतेका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण  गरे अनुसार  त्यसताे देखिएकाे हाे   ।

शनिवारका लागि निर्धारण गरिएकाे  मुल्य अनुसार अमेरिकी डलरको भाउ लगातार दोस्रो दिन बढेको हाे ।

यस दिन अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ।

यसअघि शुक्रबार अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा थियो भने बिहीबार खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।

उता युरोपियन युरोलगायत अन्य विदेशी मुद्राको विनिमयदर भने लगातार तेस्रो दिन घटेको छ।  जस अनुसार  युरो १ को खरिददर १६६ रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर १६७ रुपैया १० पैसा कायम भएकाे छ।

यसअघि शुक्रबार युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा थियो भने बिहीबार खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो।

यसैगरी आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा तोकिएको छ।

यसअघि शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा थियो भने बिहीबार खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो।

यस्तै आज स्विस फ्रांक १ को खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ।

यसअघि शुक्रबार स्विस फ्रांक १ को खरिददर १८० रुपैयाँ ५६ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा छ थियो भने बिहीबार खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा छ थियो।

मा प्रकाशित