विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
आर्थिक परिवेश२३ माघ,काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएकाे देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपेया बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा १८ खर्ब १६ अर्ब ५७ करोड रूपैया पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक…
कृषि क्षेत्रको विकास गरी देशमा उत्पादन वृद्धि र रोजगारी सृजनामा सरकार केन्द्रित भएको छ : प्रधानमन्त्री
आर्थिक परिवेश२० माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास गरी देशमा उत्पादन वृद्धि र रोजगारी सृजनामा सरकार केन्द्रित भएको बताउनु भएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिवार दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो । स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि…
पक्राउ परेका चाैधरी र थापालाई चार दिन हिरासतमा राख्न अनुमति
आर्थिक परिवेश१८ माघ, काठमाडौँ । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले छलफल अघि बढायाे
आर्थिक परिवेश१७ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको ब्रिफिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग वि.स २०५६ सालदेखि उत्पादन…
भ्रष्टाचार अनुभूति सूचकाङ्कमा नेपालकाे एक स्थान सुधार
आर्थिक परिवेश१६ माघ, काठमाडाैं । भ्रष्टाचार अनुभूति सूचकाङ्कमा नेपालले गत वर्षको भन्दा यस बर्ष केही सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको विवरण अनुसार ३५ अङ्कसहित एक सय आठौँ स्थानमा नेपाल रहेको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ ।