काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो शुरु
आर्थिक परिवेश२४ फागुन,काठमाडौं । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयाेग गर्ने गरी सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा बिहिवारबाट शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो व्यापार मेलाकाे नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । मेलामा घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन । एक्स्पोलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले…
अर्थतन्त्रमा आश जगाउने गरी काम गर्छु : नव नियुक्त अर्थमन्त्री
आर्थिक परिवेश२३ फागुन, काठमाडाैं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने गरी काम गर्ने बताउनु भएकाे छ। अर्थ मन्त्रालयमा पद बहाली पछि बाेल्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा मनोबल बढाउनुपर्ने आवश्यकता रहेकोले आफनाे ध्यान त्यसैमा केन्द्रित गर्ने बताउनु भयाे । ‘म पहिलोपटक आउँदा पनि अर्थतन्त्रमा समस्या थियो त्यसलाइ सुधार गरेको थिएँ । अहिले अर्थतन्त्र त्यति बिग्रेको छैन । तर मनोबल बढाउनु पर्नेछ, मेरो प्रयास त्यसैमा रहन्छ,’ अर्थमन्त्रीले भन्नु भयाे । बिगतको अनुभवका आधारमा सक्दो राम्रो गर्ने प्रयास गर्ने उहाँको भनाइ थियो । ‘असल कामलाई निरन्तरता दिन्छु, ‘ खर्च गर्ने क्षमता बढाउदैअर्थतन्त्रका कमजोरी सुधारमा लाग्छु ’ अर्थमन्त्रीले भन्नु भयाे । नवनियुक्त…
३ दलबाट ३ जना मन्त्री नियुक्त राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश२१ फागुन,काठमाडौं । नयाँ सत्ता समीकरण संगै राष्ट्रपति कार्यालय शीतल निवासमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोरप्रसाद अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको थियो । हिजो बसेको नयाँ गठबन्धनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि आजै तीन मन्त्रीलाई शपथ गराइएको हो । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरू दलको एक एक…
कर्पोरेट बिजनेश अवार्ड २०८० बाट २९ उद्योगी व्यवसायीहरू सम्मानित (सूचि सहित)
आर्थिक परिवेश२१ फागुन, काठमाडौं । देशकाे विभिन्न क्षेत्रमा रहेर याेगदान गर्ने २९ जना उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा आइतबार १६ औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो । कर्पोरेट मिडियाले यो वर्षको ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रदान गरेको छ । पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका श्रेष्ठले आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा…
नयाँ सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा चुस्त मन्त्रीमण्डल बनाउन छलफल
आर्थिक परिवेश२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसंगै सत्तासमीकरण परिवर्तन हुने भएको छ । नयाँ सत्ता गठबन्धनकाे पहिलाे बैठक प्नधानमन्त्री निवास बालुवाटारमा जारी रहेकाे छ । बैठकमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार वर्तमान मन्त्रीपरिषद्को पुरै सेट परिवर्तन गरी नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रीपरिषद्को गठन गर्ने तयारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल नेकपा माअाेवादीका उपाध्यक्ष नारायणाकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी रहनु…