छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने आर्थिक  परिवेश बन्दै गएकाे  छ : अर्थमन्त्री
आर्थिक परिवेश

१४ पुष, काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने आर्थिक  परिवेश बन्दै गएकाे  बताउनु भएको छ । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताउनुभयो । उहाँले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटकाे  विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रण गरिएकाे   बैङ्कको ब्याजदर केही घटेकाे र  बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक आर्थिक  परिवेश बन्दै गएकाे  सन्ङ्केत देखिएकाे  स्पष्ट पार्नुभयो ।…

राष्ट्रिय गौरवका आयोजनाहरू दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

१२ पुष, काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गत मङ्गलवार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरश लागू गरिने बताउनुभएको छ। आज बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो । छलफलपछि प्रधानमन्त्रीले भन्नुभयो, “म अलि उदार भएँ। मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु। पहिला तपाईँहरूले यो कुरा आत्मसात गर्नुहोला। मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला। नियमित अपडेट हुनुहोला। आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौँ। अरू काम पनि क्रमशः अगाडि बढ्छन्। सम्बोधन अक्षरशः पालना…

पाँच महिनामा सरकारले  चार अर्ब ७६ करोड रूपैया बराबर रकमान्तर गरयाे
आर्थिक परिवेश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले  चार अर्ब ७६ करोड रूपैया बराबर रकमान्तर र  सात अर्ब ६४ करोड रूपैया बराबरकाे  थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि  सात अर्ब ६४ करोड ४८ लाख रूपैया बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले सार्वजनिक गरेको पाँच महिनाको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो पाँच महिना अवधिमा  दुई अर्ब एक करोड चार लाख ९४ हजार रूपैया निकासा भएको मन्त्रालयले जनाएको छ ।

१ हजार २सय मेघावाटको बुढीगण्डकी आयोजना निर्माणको काम छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

११ पुष, गाेरखा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक स्राेतकाे अभाव नहुने बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधवार गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चि गरिसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना भएको बताउनु भयो । एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । गोरखा क्षेत्र नं…

हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन दृढसङ्कल्पित छु प्रधानमन्त्री
आर्थिक परिवेश

१० पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दै हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष…