नवनियुक्त अर्थमन्त्रीबाट पदभार ग्रहण
आर्थिक परिवेश

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको छ । मन्त्री शर्मालाई मन्त्रालयमा राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण लिए लगत्तै मन्त्रालय पुगी पदभार ग्रहण गर्नु भएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नु भई आजै राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश…

धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वननिक
आर्थिक परिवेश

काठमाण्डौ । नेपाली धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९÷८०को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वननिक गरेको छ । आज ललितपुरमा आयोजित कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्योगको सेयर कारोबारका लागि छुट्टै एसएमइज प्ल्याटफर्म निर्माण गर्ने उल्लेख छ । नीति तथा कार्यक्रमले बुक बिल्डिङ विधिको माध्यमबाट शेयरको निष्काशनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने जनाएको छ । बजेटमा उल्लेख भएका १ अर्ब वा सो भन्दा बढीको पूँजी वा ५ अर्ब रुर्पया भन्दा बढीको कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई…

विदेशी वस्तु ल्याएर प्रशोधन गरेर होइन स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुस – प्रधानमन्त्री 
आर्थिक परिवेश

  काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नु भन्दा देशकै कृषि वन तथा खानीमा आधारित उद्योग धन्दाहरुको विकास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल उद्योग परिसंघको १९औ बार्षिक साधारणसभाको आइतवार काठमाण्डौमा उदघाटन गर्दे प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आय गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक कृयाकलापहररु बढाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले तत्काल लाभ दिने भन्दा पनि दीर्घकालीन लाभ हुने र रोजगारी श्रृजना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले नीजि क्षेत्रलाई लगानीको उचित वातावरण निर्माण गर्न सरकारले नीतिगत…

२५ दिनसम्म पनि स्थानीय तहले बजेट पेश गरेनन
आर्थिक परिवेश

  काठमाण्डौ । नयाँ आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने लामो समय वित्दा पनि हालसम्म २०७ स्थानीय तहहरुले बजेट पेश गरेका छैनन् । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् भने ३० स्थानीय तहले…

गत बर्षमा पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र
आर्थिक परिवेश

काठमाण्डौ । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । त्यस आर्थिक बर्षका लागि सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो । सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ…