पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु
आर्थिक परिवेश२५ कार्तिक, पाेखरा । पोखराको सेती नदी माथि नयाँ डिजाइनको सिग्नेचर पुल निर्माण सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार पुलको शिलान्यास गर्नु भएकाे छ । शिलान्यास कार्यक्रममा मन्त्री ज्वालाले मुग्लिन हुँदै पोखरा आवतजावत गर्न पुलका कारण भएको असहजता नयाँ पुलले हटाउने बताउनु भयाे । उहाँले पुल निर्माण सम्झौताअनुसार समयमै पुरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनु भयाे । एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो। भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्याटसहित १ अर्ब १० करोड रुपैयाँ यसको कुल लागत रहने छ। मन्त्रालयका…
वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने
आर्थिक परिवेश२४ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई…
तीन महिनामा नेपालबाट बाहिरियाे ३३ अर्ब रुपैयाँ
आर्थिक परिवेश२४ कात्तिक, काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३…
असोजमा भित्रियो १ खर्ब ३६ अर्ब रेमिटेन्स, चालु खाता ५९ अर्ब बचतमा
आर्थिक परिवेश२४ कार्तिक, काठमाडौं। असोज महिनामा मात्र नेपालमा १ खर्ब ३६ अर्ब रुपैयाँ बिप्रेषण रेमिटेन्स रकम भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको विवरण अनुसार असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब ३६ अर्ब असोजमा भित्रिएको हो। चाडपर्वले गर्दा रेमिटेन्स रकम ह्वात्तै बढेको छ। रेमिटेन्स गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसपालि ३० प्रतिशतले बढेको हो । बाह्य क्षेत्रमा निक्कै सुधार आएको राष्ट्र बैंकले जनाएको छ। रेमिटेन्सको बढ्दो दर र आयात बढ्न नसकेका कारण बाह्य क्षेत्रमा सुधार आएको हो। असोजमा १ खर्ब ४८ अर्बको आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य…
भूकम्पबाट प्रभावित क्षेत्रमा एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय
आर्थिक परिवेश१९ कात्तिक,काठमाडौँ । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले राहत र पुनःस्थापनाका लागि छिमेकी एवं मित्रराष्ट्रबाट औपचारिक प्रस्तावमार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले भूकम्पमा परी निधन…