५ महिनामा नेपालकाे वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२६ पुष,काठमाडौं ।    आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आथिर्क अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलौँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट,…

सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

२६ पुष काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो । ‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ । तर सरकार र निर्माण व्यवसायी दुवै कानुन अनुसार चल्नुपर्छ’-उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो-‘भुक्तानीको कुरा गरिरहँदा निर्माण व्यवसायीहरुले सरकारलाई बुझाउनु पर्ने आयकर र मूल्य अभिवृद्धि करको दायित्वलाई पनि भुल्नु हुँदैन ।‘ हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख…

रवि लामिछानेसहित सात जना प्रतिवादी धरौटीमा रिहा
आर्थिक परिवेश

   २५ पुष, पाेखरा । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेलाई  ६५ लाख, छविलाल जोशीलाई  ८८ लाख, लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई  पाँच लाख, रामबहादुर खनाललाई  १५ लाख, आरती गुरुङलाई  पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रूपैया धरौटी माग गरेको उक्त अदालतका स्रेस्तेदार राजन खनालले बताउनुभयो । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको…

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दियाे अन्तरिम प्रतिवेदन
आर्थिक परिवेश

 २४ पुष काठमाडौँ ।  सरकारले गठन गरेकाे उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाउनुभएको हो। प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरू उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीहरूलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन  गर्न कानुन निर्माण गर्नेलगायत छन्। यसैगरी, प्रतिवेदनमा समस्याग्रस्त सहकारीबाट देखिएको समस्या सम्बोधन गर्ने, चालू आर्थिक वर्षको बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्ने, जाजरकोट भूकम्प लगायत विपद्जन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधारको पुनर्निर्माणको काममा तीव्रता दिने,…

पहिलाे त्रैमासमा मुलुककाे आर्थिक वृद्धि ३.४ प्रतिशत मात्र
आर्थिक परिवेश

२३ पुस, काठमाडौं ।    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन देखि असोज) सम्ममा नेपालकाे   आर्थिक वृद्धिदर ३.४ प्रतिशतले भएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गर्दै गत बर्षकाे  पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको अनुमान गरेकाे  उल्लेख  छ । उता, गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयले गरेको छ । गत आव अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो । यस आव पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयको छ ।…