बजेटमार्फत अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउन अर्थविद्हरूकाे सुझाव
आर्थिक परिवेश

०७ जेठ, काठमाण्डौ ।   अर्थविद्हरूले अर्थतन्त्र बलियो बनाउन अनुत्पादक खर्च घटाई पुँजीगत खर्च बढाउनु पर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा अर्थविद्हरूले अनुत्पादक परियोजनाहरू खारेज गरी अनावश्यक खर्च कटौती गर्नुपर्ने र बजेट विनियोजन गर्दा कार्यसम्पादनमा आधारित प्रणाली अपनाउनुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिनुपर्ने नीतिगत सुधार सम्बन्धीे छलफलमा अर्थविद्हरूले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई प्रभावकारी बनाउन संरचनागत सुधार गर्नुपर्ने र बिचौलिया प्रवृत्ति तथा कालोबजारी नियन्त्रण गर्न कर प्रणालीलाई पारदर्शी बनाउनुपर्ने सुझाव पनि दिनुभयो । अर्थविद्हरूले सेवा क्षेत्र र उत्पादनमूलक उद्योग दुवै क्षेत्रको सँगसँगै प्रवर्द्धन गर्नुपर्ने र अर्थतन्त्रलाई अझै सढृद बनाउन नवप्रवर्तनमैत्री नीतिको आवश्यकता रहेकोमा…

कर्णालीलगायत क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकता अर्थमन्त्री
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफल

५ जेठ, काठमाडौँ ।    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताउनुभएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा अर्थमन्त्रीले कमजोर वर्गलाई माथि उठाएर नै मध्यम वर्गको विस्तार गरिने उल्लेख गर्नुभयो । विकासको मार्गचित्र स्पष्ट भए मात्रै सहज रूपमा कार्यान्वयन हुने मान्यतामा आफू रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले पहिलो पटक ‘मिसन मोड’लाई अभ्यासमा राखिएको बताउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले सरकारको दृष्टिकोण मात्रै प्रतिबिम्बित गर्दैन कार्यान्वयमा पनि इमान्दार प्रयत्न गर्नुपर्छ भन्नेमा पनि आफू स्पष्ट रहेको उहाँले उल्लेख गर्नुभयो । सभामुख…

डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिन्छ अर्थमन्त्री वाग्लेले
आर्थिक परिवेश

४ जेठ, काठमाडौं ।   अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन,आर्थिक पुनर्संरचना,पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रुपमा आउने र सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार,दर्जनौँ ऐन संशोधन,सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नु भयो । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ भन्नु भयो । आगामी…

बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र
आर्थिक परिवेश

  ०२ जेठ, काठमाडौँ   ।    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात्  आठ खर्ब १४ अर्ब ६५ करोड ५५…

सरकारले संसदमा प्रस्तुत गरयाे बजेटका प्राथमिकता र सिद्धान्त
आर्थिक परिवेश

 ०१ जेठ,  काठमाडौँ ।   आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग सहकार्यात्मक सङ्घीय शासन प्रणालीमार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ । सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड…