निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन योजना लागू गर्नुपर्ने महासङ्घको प्रस्ताव
आर्थिक परिवेश

१७ माघ,काठमाण्डौ ।   नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासङ्घले शनिवार काठमाण्डौमा आयोजना गरेको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप सङ्कटतर्फ उन्मुख हुन थालेको भन्दै राजनीतिक दलले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी–व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार गर्नुपर्ने आवश्यकता…

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय
आर्थिक परिवेश

  २८ पुष काठमाडौँ ।    मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य…

नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल
आर्थिक परिवेश

 २६ पुष   काठमाडौँ । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैङ्कद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ। यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक रु ७२ हजार…

५ महिनामा विप्रेषण ८ खर्ब ७० अर्ब ३१ करोड रुपैया आयाे
आर्थिक परिवेश

२५ पुष, काठमाण्डौ ।    चालु आवको पहिलो पाँच महिनामा विप्रेषण आप्रवाह ८ खर्ब ७० अर्ब ३१ करोड रुपैया बराबर पुगेको छ । मंसीर महिनामा गत वर्षको सोही महिनाको तुलनामा ३५.६ प्रतिशतले रेमिट्यान्स बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरगेको छ । देशमा रोजगारको अवसर नभएर धेरै युवाहरु वैदेशिक रोजगारको खोजीमा विदेशिदा रेमिट्यान्स रकम हरेक महिना चुलिँदै गएको छ । २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्ष मंसीर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रकम रेमिट्यान्सको रुपमा भित्रिएको थियो । चालु आवमा भित्रिएको रकमलाई डलरमा गणना ६ अर्ब १६…

देशभर राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन हुने
आर्थिक परिवेश

  २१ पुष, काठमाडौँ ।    देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नाराका साथ जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी २०८२ चैत १ देखि २०८३ असार मसान्तसम्म देशैभर तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेका अनुसार गणनाबाट प्राप्त…