अर्काे नियामक निकाय गठन गर्ने सरकारकाे तयारी
आर्थिक परिवेश

१७ माघ, काठमाण्डौ ।   सरकारले मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्ने भएको छ ।   सरकारले हालै स्वीकृत गरेको पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/०८७ ले गैरबैङ्किङ वित्तीय संस्थाको स्थापना,सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संयन्त्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको हो ।   गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त रणनीति स्वीकृत गरिसकेको छ । उक्त रणनीतिले मुलुकको वित्तीय प्रणालीलाई सबल, सुदृढ र समावेशी बनाउँदै दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।   नेपालको वित्तीय प्रणालीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक…

बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन
आर्थिक परिवेश

१७ माघ, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ ।   बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।   बोर्डले आज सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो ।   “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा  हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत…

निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन योजना लागू गर्नुपर्ने महासङ्घको प्रस्ताव
आर्थिक परिवेश

१७ माघ,काठमाण्डौ ।   नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासङ्घले शनिवार काठमाण्डौमा आयोजना गरेको ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार र सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्र उपेक्षित हुँदा समग्र अर्थतन्त्र थप सङ्कटतर्फ उन्मुख हुन थालेको भन्दै राजनीतिक दलले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाले राजनीतिक दलहरूले देशका मुख्य रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता तथा सम्पत्ति निर्माणकर्ता उद्यमी–व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणापत्र तयार गर्नुपर्ने आवश्यकता…

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय
आर्थिक परिवेश

  २८ पुष काठमाडौँ ।    मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्द प्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य…

नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल
आर्थिक परिवेश

 २६ पुष   काठमाडौँ । नेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले विसं २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैङ्कद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ। आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ। यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक रु ७२ हजार…