कुँवर र खत्री सचिवमा बढुवा
आर्थिक परिवेश२५ भदाै, काठमाडौँ । सरकारले सहसचिवद्वय विनोदकुमार कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनु भयाे ।
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल
आर्थिक परिवेश२५ भदाै, काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको वैदेशिक भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा जाने कार्यक्रमलाई स्वीकृत गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेकाे छ । बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले बताउनुभयो । बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहका १७…
पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारकाे आकलन
आर्थिक परिवेश२५ भदाै, काठमाण्डाै । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद् पुनरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ। जहाँ ७५९ मेगावाट…
समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक : मुख्यमन्त्री भट्ट
आर्थिक परिवेश२१ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । धनगढीमा बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना गर्न र निजी क्षेत्रबाट प्राप्त सुझावलाई नयाँ बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो। उहाँले प्रदेशको आवश्यकता, सम्भावना र जनअपेक्षालाई सम्बोधन हुने गरि चाँडै बजेट ल्याउने उल्लेख गर्दै विकासको प्रतिफल आउने गरि बजेट, कार्यक्रम तथा योजना निर्माण गरिने बताउनुभयो । मुख्यमन्त्री भट्टले विकास, सामाजिक न्याय सुशासनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले प्रदेशको आर्थिक समृद्धिका लागि सरकारी र निजी…
सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य शनिवार दिनभर जारी
आर्थिक परिवेश२१ भदाै, काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य शनिवार पनि दिनभर निरन्तर जारी रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले आज रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रसुवागढी जलविद्युत् आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत् गृहको छैटौँ तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ । पाँचौँ तलासम्म लेदोले भरिएकाले उद्धार टोलीले थप खोजी कार्य जारी राखेको छ । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र…