डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिन्छ अर्थमन्त्री वाग्लेले
आर्थिक परिवेश

४ जेठ, काठमाडौं ।   अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन,आर्थिक पुनर्संरचना,पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रुपमा आउने र सुशासन प्रर्वद्धनका लागि संस्थागत तथा कानूनी सुधार,दर्जनौँ ऐन संशोधन,सूचना प्रविधि र डिजिटाइजेसनको व्यापक प्रयोगलाई आगामी बजेटले जोड दिने उल्लेख गर्नु भयो । नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्यधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका स्रोत निर्माणमा जोड दिनुपर्छ भन्नु भयो । आगामी…

बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र
आर्थिक परिवेश

  ०२ जेठ, काठमाडौँ   ।    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात्  आठ खर्ब १४ अर्ब ६५ करोड ५५…

सरकारले संसदमा प्रस्तुत गरयाे बजेटका प्राथमिकता र सिद्धान्त
आर्थिक परिवेश

 ०१ जेठ,  काठमाडौँ ।   आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग सहकार्यात्मक सङ्घीय शासन प्रणालीमार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ । सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड…

नौ महिनामा मुलुककाे शोधनान्तर स्थिति उल्लेखनीय
आर्थिक परिवेश

२९ बैशाख, काठमाडौँ ।    चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले साेमवार   सार्वजनिक गरेकाे चालु आवको नौ महिनाको विवरण  अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २२ अर्ब ६७…

९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२८ बैशाख, काठमाण्डौ ।    चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ । यस अवधीमा नेपालमा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैया बराबरको रेमिटेन्स आएको नेपाल राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको…