गण्डकी प्रदेशमा चालु वर्षको भन्दा १ अर्ब बढीको बजेट
आर्थिक परिवेश०२ असार, कास्की । २४ लाख ६६ हजार ४ सय २७ कुल जनसङ्ख्या रहेको गण्डकीमा सोमवार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेश सभामा चालु वर्षको भन्दा १ अर्ब बढीको बजेट प्रस्तुत गर्नु भयो । प्रदेशबाट विभिन्न देशमा रोजगारीको शिलशिलामा रहेका प्रदेशवासीलाई गाउँ फर्काउने र गाउँ हराभरा बनाउने भन्दै कृषकलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्न‘ रिटर्न टु भिलेज नारा तय गर्दै कृषिको व्यावसायिकीकरण र कृषिजन्य उद्योग स्थापनाको लागि लिइएको ऋणको ब्याज अनुदान दिने घोषणा गरेको छ । स्थानीय रैथाने वाली…
लुम्बिनीकाे बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको
आर्थिक परिवेश०१ असार,दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२्०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो…
गण्डकी प्रदेश सरकारले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट
आर्थिक परिवेश०१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) प्रदेशसभामा आउँदो आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट प्रस्ताव पेश गर्नुभयो । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ प्रतिशत, पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ रु. २५ करोड अर्थात् ०.७६ प्रतिशत रकम विनियोजन गरिएको मन्त्री शेरचनले बताउनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा…
बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड ३३ लाखकाे बजेट ल्यायाे
आर्थिक परिवेश०१ असार, मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा आज बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.३१ प्रतिशत हो। त्यस्तै पुँजीगत खर्चका लागि ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६५।६९ प्रतिशत रकम छुट्याइएको छ। बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे…
जेठ मसान्त सम्ममा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली
आर्थिक परिवेश०१ असार वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ११ महिनाको अवधि अर्थात् जेठ मसान्त सम्ममा २ खर्ब २१ अर्ब ५२ करोड राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) लाई बैशाख मसान्त सम्म ११ महिनाको लागी २ खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । आईसिपी वीरगन्जले ११ महिनाको अवधिमा तोकिएको लक्ष्यको ८८ दशमलब ८९ प्रतिशत राजस्व असुली गरेको छ । अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ११ महिनामा २७ अर्ब ६७ करोड कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक…