शुक्रवार र शनिवार गरी ४ जनाकाे जिवितै उद्धार उद्धार कार्य जारी
आर्थिक परिवेश

२० भदौ, काठमाडौं ।  भोटेकोशी नदीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युत अायाेजनाको सुरुङ र बाढीले क्षति पुर्‍याएको घरबाट गरी हालसम्म चार जनाको जीवितै गरिएकाे  छ । शनिबार अपर त्रिशुली १ बाट एक चिनियाँ नागरि र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार भएको हो । नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो। १० औं दिनमा हिजो त्रिशुली ३ ए बाट दुई जनाको उद्धार भएको थियो । शुक्रबार त्रिशूली ३ ए बाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । जल विद्धुत अायाेजनाका…

राहत कोषमा हाल सम्ममा ११ अर्ब पाँच करोड ५६ लाख २७ हजार जम्मा
आर्थिक परिवेश

  २० भदाै  काठमाडौँ। रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रमिक रुपमा बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल सम्ममा ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले यसअघि उक्त कोषमा जम्मा भएको  एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैङ्कमा रहेको डलर खातामा थप १ कराेड  ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले…

बाढीमा ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव भेटियाे ३ खर्ब ८७ अर्बको क्षति
आर्थिक परिवेश

१९ भदाै काठमाण्डाै‌ ।    रसुवाकाे भोटेकोसी बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ। शुक्रबार मध्याह्नसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये हालसम्म…

बुधबारसम्म बाढी प्रभावित ११ हजार ९९३ जनाको उद्धार
आर्थिक परिवेश

१८ भदाै, काठमाडौँ  ।   भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा…

हामीसँग विपत्तिसँग लड्नुको अर्को विकल्प छैन : प्रधानमन्त्री शाह
आर्थिक परिवेश

१७ भदाै, काठमाडौँ ।    प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । उहाँले मन भक्कानिँदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनुभयो । प्रधानमन्त्री शाहले भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।” आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको…