बजेट लेखन शुरू गरेकाे अर्थ मन्त्रालयले माग्याे सुझाव
आर्थिक परिवेश

१९चैत्र, काठमाडौं ।   अर्थ मन्त्रालयले बजेट बनाउन सबैसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेसंगै बजेटका सम्बन्धमा सबैसँग सुझाव मागेकाे हाे । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ । त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।   अर्थ मन्त्रालयले शुरु गरयो बजेट लेखन अर्थ मन्त्रालयले आगामी…

१६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो महिला नेतृत्व कृषि सम्मेलन
आर्थिक परिवेश

 १८,चैत ,काठमाडौ ।  नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । दुई दिनको सम्मेलनमा भएका वृहद छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेस गरी नीतिगत सुधारको लागि पैरवी गर्ने उहाँले बताउनुभयो । कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ज्ञारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकरणमा घोषणापत्रले जाेड दिएकाे छ…

कर प्रणाली सुधार उच्चस्तरीय समितिकाे प्रतिवेदन दायरा बढाएर कर घटाउने नीति लिन सुझाव
आर्थिक परिवेश

१८ चैत, काठमाडौं ।    कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा करसम्बन्धी कानून, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति ऋंखलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा भएको प्रतिवेदनमा छ । तर पछिल्लो समय आर्थिक वृद्धिदर र मुद्रा स्फितीको अवस्थाबाट समग्र अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किन थालेको निस्कर्ष प्रतिवेदनको छ । यस्तै विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका…

कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्न बजेट निर्माणकाे क्रममा ध्यान दिन मन्त्री पुनकाे निर्देशन
आर्थिक परिवेश

१७चैत्र, काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिनुभएको छ । अर्थ सचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उप-महानिर्देशकहरुलाई अर्थमन्त्री पुनले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभएको हो । मन्त्री पुनले आम जनता र सबै सरोकारवालाले स्वामित्व लिनसक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो । उहाँले उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताउनुभयो । मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबिच तालमेल हुनुपर्नेमा जोड दिनुभयो ।…

अर्थले बनायाे बजेट लेखन समिति
आर्थिक परिवेश

१६ चैत्र, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य हुनुहुन्छ । समिति संयोजक शर्माले भोलि शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिनुभयो । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले जानकारी दिनुभयो…