बहुवर्षीय ठेक्का सहमतिको प्रकृया अघि बढाउन मन्त्रालयहरू र निकायहरूलाई अर्थ मन्त्रालयकाे पत्राचार
आर्थिक परिवेश२१ भदाै काठमाडाै । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिनुभयो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्का सहमति माग गर्नु अघि उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रुपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सुची तयार पारी प्राथमिकीकरण गर्न आग्रह गरेको छ । यसैगरी गत आर्थिक वर्षमा बहुवर्षिय खरिद प्रकृयामा गइ आगामी वर्षमा भुक्तानी दायित्व सिर्जना हुने आयोजना र दायित्वको…
किसानहरूलाई भुक्तानी दिन दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण दिने सरकारकाे निर्णय
आर्थिक परिवेश२० भदाै, काठमाडौँ । सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१/८२ मा भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । यस्तै मन्त्रीपरिषद् बैठकले पेरिस पाराओलम्पिकमा कास्यपदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद सहित सम्मानित गर्ने निर्णय गरेको…
गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार एमालेबाट ४ मन्त्रीहरू नियुक्त
आर्थिक परिवेश१७ भदाै पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले आज सपथ ग्रहण गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट नियुक्त ४ मन्त्रीहरूलाई एक समारोहबिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराउनुभएको हो । कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले सपथ ग्रहण गर्नुभएको हो । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जना मन्त्री आजै नियुक्त गर्नुभएको हो । यसअघि भौतिक…
राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन
आर्थिक परिवेश१६ भदाै, काठमाडौँ । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी, आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व…
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१६ भदाै, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको हो । “आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै…