रसुवा बाढीमा परी हालसम्म १ हजार ११४ जनाको मृत्यु
आर्थिक परिवेश१७ भदाैं, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्क विहीन रहेका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको…
भाेटेकाेशी बाढीबाट ७ हजार ५७० भवनमा क्षति
आर्थिक परिवेश१६ भदाै काठमाण्डाै । भोटेकाेशीमा आएको बाढी तथा पहिरोबाट ७ हजार ५७० वटा भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको छ। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले यसअघि करिब ५ देखि ६ हजार भवनमा क्षति पुगेको अनुमान गरिए पनि पछिल्लो अद्यावधिक तथ्यांकअनुसार क्षतिग्रस्त भवनको संख्या ७ हजार ५७० पुगेको जानकारी दिनु भयाे । उहाँका अनुसार तथ्यांक संकलन र क्षतिको वर्गीकरणको काम अझै जारी रहेकाले संख्या थपघट हुन सक्नेछ। प्रारम्भिक विवरणअनुसार नुवाकोटमा सबैभन्दा बढी ३ हजार ९७७ वटा घरमा क्षति पुगेको छ। त्यसमध्ये विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्।…
बाढीले बगाएकामध्ये अहिलेसम्म ९८७ जनाको शव फेला
आर्थिक परिवेश१६ भदाै काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीले बगाएकामध्ये अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ। आज मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ३ हजार ९१६ जना बेपत्ता छन्।
पद्म ज्याेती समूहले राहत काेषमा १ कराेड प्रदान
आर्थिक परिवेश१४ भदाै,काठमाडौँ । नेपालको पुरानाे मध्यकाे एक व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएकाे हाे । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
३६ घण्टामा १ अर्ब ९१ करोड भन्दा बढी सहयोग रकम सङ्कलन
आर्थिक परिवेश१२ भदाै, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा…