तनावले नेपालको आर्थिक वृद्धिदरलाई थप नकारात्मक बनाउन सक्ने
आर्थिक परिवेश

२० फागुन, काठमाण्डौ ।    विश्वमा बढ्दो भूराजनीतिक तनावले नेपालको आर्थिक वृद्धिदरलाई थप नकारात्मक बनाउन सक्ने राष्ट्र बैंकले औल्याएको छ । माइक्रोइकोनोमिक रिपोर्ट २०२६ सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतन्त्रको विकासमा भूराजनीतिक तनाव बढ्न नहुने उल्लेख गरेको छ ।  हाललाई नेपालको आर्थिक वृद्धि ४ प्रतिशतसम्म रहन सक्ने अध्ययनको अनुमान छ । आर्थिक वृद्धिका जोखिमहरुबारे उल्लेख गर्दै प्रतिवेदनले सामान्य अवस्थामा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत हाराहारीमा रहे पनि पछिल्लो समयको राजनीतिक अस्थिरताले सुधारभन्दा गिरावटको जोखिम बढाएको उल्लेख गरेको छ । प्रतिवेदनले रुस र युक्रेन युद्ध तथा अमेरिका र भेनेजुएला तथा इरानबीचको तनावले विश्वबजारमा वस्तुको मूल्य र आपूर्तिमा अनिश्चितता बढाएको उल्लेख गर्दै नेपालमा…

अर्थले मन्त्रालयहरुलाई पठायो आर्थिक बर्ष २०८३।८४ को बजेटको सिलिड.
आर्थिक परिवेश

१७ फागुन, काठमाण्डौ ।    अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०८३।८४को लागि नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुलाई बजेटको शिलिड. पठाएको छ । आगामी आर्थिक बर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायहरुलाई गत बर्षको शिलिड.को हाराहारीमा तर केही कम बजेटको शिलिड.पठाएको अर्थ मन्त्रालय बजेट मशाशाखा प्रमुख सहसचिव डा. सुमन दाहालले जानकारी दिनु भयो । अर्थ मन्त्रालयले पठाएको यही शिलिड.भित्र रहेर सबै मन्त्रालय तथा निकायहरुले आगामी आर्थिक बर्षका लागि कार्यक्रम र बजेट तर्जुमा गरी अर्थ मन्त्रालमा समक्ष पठाउने छन् । त्यसमा योजना आयोग तथा अर्थ मन्त्रालयमा विभिन्न तहमा छलफल गरी बजेटमा समावेश गर्ने गरी अन्तिम टुड.गो लगाइने छ । यस अघि…

संखुवासभा र ताप्लेजुङ क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
आर्थिक परिवेश

१५ फागुन, काठमाडौं ।   संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । विहान सबेरै गएकाे भुकम्पमा परेर मानविय क्षतिकाे भएकाे जानकारी अहिले सम्म प्नाप्त नभएकाे स्थानीय प्रशासनहरूले जनाएका छन् ।  त्यस क्षेत्रमा शुक्ववार  बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पको धक्का महसुस भएपछि आत्तिँदै घर बाहिर निस्किएका थिए । प्रारम्भिक सूचना अनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै कुनै जानकारी…

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक अधिकांश व्यवस्था यथावत
आर्थिक परिवेश

१३ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ । समीक्षामार्फत केन्द्रीय बैङ्कले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत…

शेयर बजारमा सुधार काराेवार भने घटेर ५ अर्ब मात्र
आर्थिक परिवेश

११ फागुन, काठमाडौं ।    एक महिनादेखि नेप्से निरन्तर घटिरहेको बजारमा सोमबार भने हरियाली छाएको छ।  माघ १२ गतेका दिन २७६९.०९ अंकमा रहेको नेप्से फागुन १२ गते २६१६. ९७ अंकमा आइपुगेको छ। एक महिनामा १५२.१२ अंकले घटेको बजारमा सोमबार भने सामान्यअंकको बृद्धि भएको हो। सोमबार २.४१ अंकले सूचक बढेर राताम्मे बनेको बजार अन्तिम कारोबार समयमा हरियाली बन्न पुग्यो। गतहप्ताभरी नै घटेको बजारले सोमबार भने सपोर्ट पाएको देखिन्छ। यो दिन सूचक बढेपनि लगानीकर्ताले भने कारोबारलाई प्राथामिकतामा राख्न सकेनन्। उनीहरूले दिनभर कुल ५ अर्ब १३ करोडको मात्रै कारोबार गरेका हुन्। जुन करिब ४७ दिनयताकै कम हो। कार्तिक २३ गते ५ अर्बको कारोबार भएकोमा…