अब ३ महिनामा राजश्व संकलन बढ्छ : अर्थमन्त्री
आर्थिक परिवेश

२३ चैत,काठमाण्डौं।  अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताउनु भएकाे छ । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा अर्थमन्त्री पुनले लक्ष्य महत्वाकांक्षी राखिए पनि राजश्व वृद्धि अपेक्षित नभएको बताउनु भयाे  । चालु आर्थिक वर्षको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन हुनु राम्रो नभएको उनको भनाइ थियो । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजश्व संकलनमा केही सुधारका संकेत देखिएको मन्त्री पुनले बताउनु…

८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति   १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ  । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर  कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा  ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई  १४ अर्ब १४ करोड डलर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा …

विश्व बैकले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटायो
आर्थिक परिवेश

२० चैत्र, काठमाडौंं ।   विश्व बैङ्कले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ । पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले त्यसतो प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार,व्यावसायिक मनोबल वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता…

बजेट लेखन शुरू गरेकाे अर्थ मन्त्रालयले माग्याे सुझाव
आर्थिक परिवेश

१९चैत्र, काठमाडौं ।   अर्थ मन्त्रालयले बजेट बनाउन सबैसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेसंगै बजेटका सम्बन्धमा सबैसँग सुझाव मागेकाे हाे । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ । त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।   अर्थ मन्त्रालयले शुरु गरयो बजेट लेखन अर्थ मन्त्रालयले आगामी…

१६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो महिला नेतृत्व कृषि सम्मेलन
आर्थिक परिवेश

 १८,चैत ,काठमाडौ ।  नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरमको आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । दुई दिनको सम्मेलनमा भएका वृहद छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छायाँ शर्माले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेस गरी नीतिगत सुधारको लागि पैरवी गर्ने उहाँले बताउनुभयो । कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ज्ञारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रिकरणमा घोषणापत्रले जाेड दिएकाे छ…