अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा नेपालको सहभागीता
आर्थिक परिवेश

२० कार्तिक,काठमाडौ ।   नेपाली दूतावास क्यानडाले अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भइ नेपालको पर्यटन प्रवद्र्धन कार्य सम्पन्न गरेको जनाएको छ । आर्थिक कूटनीति कार्यक्रम अन्तर्गत यही १ देखि ३ नोभेम्बर २०२४ सम्म क्यानडाको मोन्ट्रियलको प्यालेस डेस कङ्ग्रेसमा आयोजना गरेको तीनदिने ३४औँ अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२४ मा सहभागी भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासले स्टल स्थापना गरेर पर्यटन प्रवद्र्धनात्मक सामग्री प्रदर्शनी र आगन्तुकहरूलाई वितरण गर्नुका साथै प्रदर्शनी अवधिभर नेपालको पर्यटनसँग सम्बन्धित मुद्रित सामग्री, वृत्तचित्र र दृश्य सामग्री समेत प्रर्दशन गरिएको थियो । नेपाली दुतावासको प्रर्दशनी कक्षमा चिया, कफी, पश्मिना सल, हस्तकला तथा नेपालको कलात्मक…

चालू वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोषकाे प्रक्षेपण
आर्थिक परिवेश

१५ कात्तिक, काठमाडौं ।    चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । विहीवार सार्वजनिक भएको आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने जनाएको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण आईएमएफको छ । आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ । तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ ।…

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

 १५  कार्तिक काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहिवार स्वदेश फर्किनु भएको छ । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गर्नु भएको थियो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको थियो । त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति…

माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
आर्थिक परिवेश

 १३ कार्तिक   म्याग्दी ।  चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको हाे । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे ।  कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ । कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको विस्तार गर्नुका साथै…

काटिएको लाइन तत्काल जाेडी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन उद्योगी, व्यवसायीकाे आग्रह
आर्थिक परिवेश

११ कार्तिक,काठमाडौँ । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको  काटिएकाे  लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जा मन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटक पटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरूले शुल्क तिर्ने उल्लेख गर्नुभयो । ऊर्जा मन्त्री खड्काले उद्योगमा…