विदेशी मुद्राको विनिमय दर निर्धारण
आर्थिक परिवेश१० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा,…
सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशतले बढ्याे : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश६ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुकाे सम्पत्ति शुद्धीकरणका शंकास्पद कारोबार ४९ प्रतिशतले बढेकाे पाइएकाे छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा सन् २०२४ मा रिपोर्टिङ भएका शंकास्पद कारोबार संख्या २०२३ को तुलनामा ४९ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले इकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनका अनुसार २०२३ मा ६ हजार २ सय ५५ शंंकास्पद कारोबार रहेकोमा २०२४ मा ९ हजार ३ सय ४ पुगेको छ । २०२४ मा इकाइले १ हजार ८ सय ९४ प्रतिवेदन विश्लेषण गरेकोमा तीमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप…
जापान सरकारले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान दिने
आर्थिक परिवेश०२ जेठ, काठमाडौँ । जापान सरकारले धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ । आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आउनुभएका संसदीय उपविदेश मन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले…
बेल्जियममा नेपाल बेल्जियम दिवस मनाइयाे
आर्थिक परिवेश०३ बैशाख लुभेन बेल्जियम । नेपाली राजदुतावास र गैर अवासीय नेपाली सघ एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै “नेपाल बेल्जियम दिवस” मनाएको छ। नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” कार्यकंममा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेका बेल्जियन दातृ संस्थालाई सम्मान गरिएको छ। सो अवसरमा दातृ संस्थाका पदाधिकारीहरु संग उनीहरुले सहयोग गर्दा प्राप्त गरेका अनुभब र स्थलगत कठिनाईका बारेमा अन्तरक्रिया समेत गरिएको छ। नेपाल बेल्जियम डे समारोहको बेल्जियम नेदरलैण्ड तथा लक्जेम्बर (बेनेलक्स)का लागि नेपाली राजदुत सेवा लम्साल, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र लुभेन नगरपालिका उपप्रमुख लोठे रामकरले दिप प्रज्वन…
ट्रम्पले पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरे पछि त्यसकाे प्रभाव विश्व बजारमा
आर्थिक परिवेश२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरे पछि त्यसकाे प्रभाव विश्व देखिएकाे छ । ट्रम्पले अघि सारेकाे कर नीतिका सम्बन्धमा व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय स्थगित गर्नु परेको बताउनु भएकाे छ । तर उहाँले चीनलाई भने यो छूटमा समावेश गर्नु भएकाे छैन् । उहाँकाे भनाइमा चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्याइएकाे छ। ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन्। ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन,…