नेपाल–यूके टेक फोरम लन्डनमा सम्पन्न, बेलायती लगानीकर्ताकाे नेपालमा लगानीकाे चासाे
आर्थिक परिवेश२१ असार,लण्डन । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा नेपाल–यूके टेक फोरम नामक सूचना प्रविधि सम्मेलनको आयोजना गरेको छ । नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको खोजी गर्न नेपाल–यूके टेक फोरम आयोजा गरेको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ । मञ्चलाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको लगानीको वातावरणमा सुधार भएको र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राख्नु भयो । नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न…
वासिङ्टन र बेइजिङबिच नयाँ गतिरोध निम्त्याउन सक्ने
आर्थिक परिवेश१९असार ,हनोई। संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘पारस्परिक’ भन्सार शुल्कको सबैभन्दा बढी दण्डलाई रोकेको छ । यद्यपि विश्लेषकहरूले यसले वासिङ्टन र बेइजिङबिच नयाँ गतिरोध निम्त्याउन सक्ने चेतावनी दिएका छन् । दक्षिणपूर्वी एसियाली यो राष्ट्रसँग चीन र मेक्सिकोपछि संयुक्त राज्य अमेरिकासँग तेस्रो सबैभन्दा ठूलो व्यापार बचत छ र अप्रिल २ मा अमेरिकी राष्ट्रपतिको ‘मुक्ति दिवस’ भन्सार शुल्क आक्रमणमा उच्च दरहरूमध्ये एकको साथ लक्षित गरिएको थियो । बुधबार घोषणा गरिएको सम्झौता ट्रम्पले एसियाली राष्ट्रसँग गरेको पहिलो पूर्ण सम्झौता हो । यसले अझै पनि सम्झौताका लागि सङ्घर्ष गरिरहेका अन्य देशसँग वासिङ्टनले प्रयोग गर्ने टेम्प्लेटको झलक दिन सक्ने विश्लेषकहरूले…
अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको प्रधानमन्त्रीबाट अध्यक्षता
आर्थिक परिवेश१७ असार काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ। प्रधानमन्त्री ओलीले बैठकमा अल्पविकसित मुलुकहरूका विकास चुनौती, वित्तीय सहायता, ऋण व्यवस्थापन, र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिनुभयो। उहाँले विश्व समुदायलाई न्यायपूर्ण र समावेशी वित्तीय प्रणाली निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभएको छ। बैठकमा सहभागी देशहरूले दिगो विकासका लागि सहयोग र साझा प्रतिबद्धताको महत्त्व औँल्याएका छन्।
विश्व बैंकबाट नेपालमा ३ खर्ब ७१ अर्ब लगानी प्रतिबद्धता
आर्थिक परिवेश३० जेठ, काठमाडौं । विश्व बैंक समूहले आगामी ६ वर्षमा नेपालमा कम्तीमा २ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् अहिलेको विनिमयदरअनुसार ३ खर्ब ७१ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेको छ । विश्व बैंक नेपाल राष्ट्र साझेदारी रूपरेखा (सीपीएफ) मा यसबारे जानकारी दिइएको छ । यस अवधिमा विश्व बैंकले गर्ने लगानीमध्ये १ अर्ब ९५ करोड ६० लाख अमेरिकी डलर अर्थात करिब २ खर्ब ६८ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत सहुलियतपूर्ण ऋण हुने छ । आईडीएले सरकारलाई ऋण सहयोग गर्छ । त्यस्तै, विश्व बैंक समूहअन्तर्गतकै निजी क्षेत्रलाई लगानी गर्ने संस्था अन्तर्राष्ट्रिय वित्त कोष (आईएफसी) ले कम्तीमा ७५ करोड अमेरिकी…
विश्व बैंकद्वारा विश्व अर्थतन्त्रको वृद्धिदर पूर्वानुमानमा कटौती
आर्थिक परिवेश२८ जेठ न्युयोर्क । व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ । विश्व बैङ्कले मङ्गलवार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने गरी प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन् । प्रतिवेदन अनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ। यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा…